यूएईका अर्का ब्याट्सम्यान अर्विन्द्रको पनि अर्धशतक पूरा

Posted on: 16 Mar, 2023

चैत २, काठमाडौं | आईसीसी विश्वकप लिग २ अन्तर्ग आफ्नो निर्णायक खेलमा  यूएईका भिटृया अर्विन्द्रले अर्धशतक पूरा गरेका छन् । 

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईका लागि अर्विन्द्रले  औं ओभरमा अर्धशतक पूरा गरेका हुन् । 

अर्विन्द्रले ८७ बलमा ४ चौका र १ छक्का प्रहार गरे । अर्विन्द्र अर्धशतकसँगै युएईले ३२ ओभरको समाप्तिमा ४ विकेट गुमाएर १४६ रन बनाएको छ ।

यसघि यूएईका कप्तान मुहम्मद वसिमले पनि नेपालविरुद्ध अर्धसतक पूरा गरेका हुन् । उनले ४३ बलमा २ चौका र ५ छौकासहित अर्धसतक बनाएका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!