नेपालले गुमायो तेस्रो विकेट, कप्तान रोहित पौडेल १६ बनाएर आउट

Posted on: 16 Mar, 2023

चैत २, काठमाडौं | विश्वकप क्रिकेट लिग-२ को अन्तिम खेलमा युएईले दिएको ३११ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ।

नेपालले ३७ रन जोड्दा ३ विकेट गुमाएको छ। युएईका लागि आयान अफ्जाल खानले २ र जुनाइद सिद्कीले १ विकेट लिए।

नेपालका लागि ओपनर आसिफ शेख शून्य रनमा आउट हुँदा कुशल मल्ल ५ रन र कप्तान रोहित पौडेल १६ बनाएर पेभिलियन फर्किएका छन्। अहिले क्रिजमा कुशल भुर्तेल र भिम सार्की रहेका छन्।

युएईले नेपाललाई अहिलेसम्मकै उच्च लक्ष्य प्रस्तुत गरेको छ।

लिगको अन्तिम खेलमा टियू मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको युएईका लागि आसिफ खानको विष्फोटक शतकीय इनिङ अन्य दुई खेलाडीको अर्धशतकमा निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको हो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!