नेपालका लागि अर्धशतक बनाएर कुशल भुर्तेल आउट

Posted on: 16 Mar, 2023

चैत २, काठमाडौं | आईसीसी क्रिकेट लिग-२ अन्तिम शृंखलाको अन्तिम खेलमा नेपालले चौथो विकेट गुमाएको छ। कुशल भुर्तेल ३२ बलमा अर्धशतक बनाएपछि कट आउट भएका हुन्।

उनले यसक्रममा चार छक्का र तीन चौका हानेका छन्। 

सातौं ओभरमा ३७ रन बनाउँदा तीन विकेट गुमाएको नेपालका लागि आशा जगाएका भूर्तेल आउट भएका छन्।

जारि खेलमा नेपालले  १६ ओभरमा ९८ रन बनाएको छ। ३११ रनको लक्ष्यसहित नेपालले ब्याटिङ गरिरहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!