युएई बिरुद्धको आक्रामक क्रिकेट: नेपाल ९ रनले बिजयी

Posted on: 16 Mar, 2023

चैत २, काठमाडौँ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा युएईविरुद्धको खेलमा नेपालले युएईलाई ९ रनले पराजित गरेको छ । जितसंगै नेपाल एकदिवसीय विश्वकपको छनोटमा पुगेको छ । 

लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेडथमा २ रनले पराजित गर्दै नेपाल विश्वकप छनोटमा पुगेको हो । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । 

फराकिलो स्कोर खडा भएपछि जवाफमा मैदान उत्रिएको नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदै गर्दा 'ब्ल्याक लाइट' भएपछि खेल रोकियो र डिएल मेडथका आधारमा नेपाल २ रनले विजयी घोषणा भएको हो ।

यो जितसँगै नेपाल ४० अंकका साथ आईसीसी क्रिकेट विश्वकप लिग टूको तेस्रो स्थानमा उक्लिँदै विश्वकप छनोटमा समेत पुग्न सफल भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!