नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल सम्मानित

Posted on: 21 Mar, 2023

चैत ७, परासी | नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेललाई बर्दघाट नगरपालिकाले नगद ५१ हजार रुपैयाँसहित सम्मान गरेको छ ।

विश्वकप क्वालिफायर खेलका लागि ऐतिहासिक जित हासिल गर्दै आफ्नो गृहनगर र नेपाललाई नै विश्वसामु चिनाउन योगदान गरेको भन्दै पौडेललाई नगद र सम्मान पत्र प्रदान गरीएको हो ।


पौडेल नेतृत्वमा रहेको टोलीले नेपाल र नेपाली क्रिकेटलाई विश्वसामु चिनाउन सफल भएको खुसीयालीमा सम्मान गरिएको बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताए ।

पौडेल बर्दघाट नगरपालिका वडा नम्बर–१४ बुद्ध बस्तिका स्थायी बासिन्दा हुन् । सोमबार गृहजिल्ला आएका पौडेललाई क्रिकेट संघ, खेलकुद विकास समिति, जेसिज, रोटरी, क्षेत्री समाजलगायत विभिन्न संघ सस्थाले सम्मान गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!