लक्जेमवर्गविरुद्ध रोनाल्डो चम्केपछि पोर्चुगलको सानदार जित

Posted on: 27 Mar, 2023

चैत १३, काठमाडौं | स्टार फरवार्ड क्रिष्टियानो रोनाल्डो चम्केपछि पोर्चुगलले युरोकप २०२४ को छनोट अन्तर्गत समूह ‘जे’को खेलमा लक्जेमवर्गलाई ६-० ले पराजित गरेको छ ।

पोर्चुगलको फराकिलो जितमा क्रिस्टियानो रोनाल्डो र जाआओ फेलिक्सले दुई-दुई गोल गरे । यस्तै ओटाभियो राफेल र लिआओले समान एक-एक गोल गरे ।


युरो छनोटमा लगातार दोस्रो जित निकाल्ने क्रममा पोर्चुगलले लक्जेमवर्गको घरेलु मैदानमा पहिलो हाफमै चार गोल गरेको थियो।

 पोर्चुगलका लागि रोनाल्डोले १९८ औं खेल खेल्दै १२२ गोल गरिसकेका छन् ।

लगातार जितपछि पोर्चुगल दुई खेलबाट ६ अंक जोडेर समूह जे को शीर्ष स्थानमा छ भने स्लोभाकिया ४ अंक जोडेर समूह जे को दोस्रो स्थानमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!