प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको वाणिज्य राज्यमन्त्री चन्दद्वारा उद्घाटन

Posted on: 23 Sep, 2017


ललित बोहरा/असोज ७, डडेल्धुरा । डडेल्धुरा बहुमुखी क्याम्पसको घट्दै गईरहेको शाख जोगाउन आयोजित प्रदेश नं. ७ स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको आज उद्घाटन गरिएको छ ।

डडेल्धुरा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनद्धारा आयोजित प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको वाणिज्य राज्य मन्त्री नर बहादुर चन्दले उद्घाटन गरेका हुन् ।

वाणिज्य राज्य मन्त्री चन्दले स्ववियु सभापति जगत बहादुर ऐरलाई बल हस्तान्त्ररण गरि प्रतियोगिताको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी राज्य मन्त्री चन्दले खेलले मान्छेलाई स्वस्थ अनि तन्दुरस्त बनाउने भन्दै सुदूरपश्चिको पहाडी जिल्लाको लोक प्रिय भलिबल खेलको आयोजना गरेकोमा आयोजकलाई धन्यवाद व्यक्त गरेका छन् ।

उनले यस्ता किसिमका प्रतियोगिताहरु आगामी दिनमा पनि आयोजना गर्नु पर्ने धारण व्यक्त गरेका छन् । साथै उनले कार्यक्रमको पूर्ण सफलताको शुभकामना पनि व्यक्त गरेका छन् ।

क्याम्पस प्रति साकारात्मक धारणाको विकास गर्न खेलकुद प्रतियोगिताको आयोजना गरिएको स्ववियु सभापति जगत बहादुर ऐरले बताएका छन् । पछिल्लो समय आकर्षण घटिरहेको डडेल्धुरा बहुमुखी क्याम्पस लाई भलिबल प्रतियोगिता मार्फत चिनाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको डडेल्धुरा बहुमुखी क्याम्पसका स्ववियु सभापति ऐरले बताएका छन् ।

उक्त खुल्ला पुरुष भलिबल प्रतियोगिताका खेलहरु भोली देखि १० गते सम्म डडेल्धुरा बहुमुखी क्याम्पसको किर्तिपुर स्थित छात्रावास खेलमैदानमा प्रतियोगिता संचालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रदेश नं. ७ का विभिन्न जिल्लाका १० वटा टिमहरुको सहभागिता रहेको स्ववियु सभापति ऐर बताएका छन । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने टिमले क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगदका साथै ट्रफि पनि प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै वेष्ट प्लेयरलाई दुई हजार पाँच सय र विधागत रुपमा एक हजार पाँच सयका दरले पुरुस्कार प्रदान गरिने जनाईएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!