अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस मनाइदै, तेह्रथुममा दौड र मैत्रीपुर्ण फुटबल

Posted on: 15 Oct, 2017

असोज २९, तेह्रथुम | आज अक्टोबर १५ अर्थात् अन्तराष्ट्रिय ग्रामीण महिला दिवस । नेपालमा पनि महिला अधिकारकर्मीहरुले विभिन्न कार्यक्रम गरी मनाउदै छन् । सन् २००७ मा संयुक्त राष्ट्र संघको महासभाले गरेको निर्णय अनुसार सन् २००८ देखि यो दिवस मनाउन थालिएको हो । 

प्राकृतिक श्रोत र कृषिमा निर्भर ग्रामीण महिलाको जीवनस्तर उकासौँ भन्ने सन्देशसहित तेह्रथुममा महिला अधिकारवादी संघसंस्थाहरुले मैत्रीपुर्ण महिला खेलकुदको आयोजना गरेका छन् । दिवसको अवसरमा खुला महिला दौड (२ कि.मी.) तथा मैत्रीपुर्ण महिला फुटबल प्रतियोगिताको आयोजना गरिएको जिल्ला महिला अधिकार मन्चकी अध्यक्ष ईङवा सुब्बाले बताउनुभयो । 

आज विहान भएको दौड प्रतियोगितामा नरमाया श्रेष्ठ, चन्द्रकला तेयुङ र अनुशा राई क्रमशः प्रथम, द्धितीय र तृतीय हुनुभएको छ । अपरान्हमा टुँडिखेलस्थित मैदानमा मैत्रीपुर्ण फुटबलको आयोजना गरिएको अध्यक्ष सुब्बाले बताउनुभयो । 

ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिब महिलाले उत्पादनमुलक कुषिमा महत्वपूर्ण योगदान गर्ने भएकाले उनीहरुको अवस्था सुधारका लागि सबै एक भएर लाग्नु पर्नेमा जिल्लाका महिला अधिकारकर्मीहरुले जोड दिएका छन् । ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिब महिलाले उत्पादनमुलक कुषिमा महत्वपूर्ण योगदान गर्ने भएकाले उनीहरुको अवस्था सुधारका लागि सबै एक भएर लाग्नुपर्ने उनीहरुको भनाई छ । 

यसअघि जिल्लाका अधिकारकर्मीहरुले ग्रामीण महिला नीति बनाइनुपर्ने भन्दै व्यवस्थापिका संसदलाई नमुना ग्रामीण महिला नीति समेत बुझाएका थिए । ग्रामीण महिलाले परिवारका लागि चाहिने खाद्यन्नको उत्पान तथा त्यसको व्यवस्थापन गर्ने भएकाले खाद्य सुरक्षाका लागि उनीहरु निकै महत्वपूर्ण भूमिकामा छन् । 

विश्वको जनसंख्याको एक तिहाई हिस्सा ग्रामीण महिलाको छ । तर ती महिला जीविकोपार्जनका लागि प्राकृतिक स्रोत र कृषिमा निर्भर छन् । ४३ प्रतिशत ग्रामीण महिलाले कृषि मजदुरको रुपमा काम गर्ने गरेको संयुक्त राष्ट्र संघको तथ्यांक छ । गम्भीर गरिबीमा रहेका मध्ये ७६ प्रतिशत मानिसको बसोबास ग्रामीण क्षेत्रमा रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!