ग्रामीण महिला दिवसमा आयोजित दौडमा पत्रकार श्रेष्ठ विजयी

Posted on: 15 Oct, 2017


असोज २९, तेह्रथुम | तेह्रथुममा अन्तराष्ट्रिय ग्रामीण महिला दिवसको अवसरमा आयोजित खुला महिला दौडको प्रतियोगितामा पत्रकार नरमाया श्रेष्ठ विजयी भएकी छिन् । दुई किलोमिटर दुरीको सो दौडमा चन्द्रकला तेयुङ द्धितीय र अनुशा राई तृतीय भएका छन् । 

जिल्ला महिला अधिकार मन्चसहित दर्जनौँ अधिकारवादी संघसंस्थाहरुले संयुक्तरुपमा ग्रामीण महिला दिवस मनाएका हुन् । सन् २००७ मा संयुक्त राष्ट्र संघको महासभाले गरेको निर्णय अनुसार सन् २००८ देखि यो दिवस मनाउन थालिएको थियो । 

प्राकृतिक श्रोत र कृषिमा निर्भर ग्रामीण महिलाको जीवनस्तर उकासौँ भन्ने सन्देशसहित मैत्रीपुर्ण महिला खेलकुदको आयोजना गरिएको महिला अधिकार मन्चकी अध्यक्ष इङवा सुब्बाले बताउनुभयो । उत्पादनमुलक कुषिमा महत्वपूर्ण योगदान गर्ने भएकाले ग्रामीण महिलाको अवस्था सुधारका लागि सबै एक भएर लाग्नु पर्नेमा जिल्लाका महिला अधिकारकर्मीहरुले जोड दिएका छन् । 

विश्वको जनसंख्याको एक तिहाई हिस्सा ग्रामीण महिलाकोे छ । तर ती महिला जीविकोपार्जनका लागि प्राकृतिक स्रोत र कृषिमा निर्भर छन् । ४३ प्रतिशत ग्रामीण महिलाले कृषि मजदुरको रुपमा काम गर्ने गरेको संयुक्त राष्ट्र संघको तथ्यांक छ । गम्भीर गरिबीमा रहेका मध्ये ७६ प्रतिशत मानिसको बसोबास ग्रामीण क्षेत्रमा रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!