प्रधानमन्त्री कप महिला भलिबल आजदेखि शुरु

Posted on: 15 Feb, 2018

फागुन ३, नेपालगञ्ज | जिल्ला भलिबल संघको आयोजनामा आजदेखि यहाँ प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता सञ्चालन गरिएको छ । 

मिस नेपाल निकिता चन्दकले उद्घाटन गर्नुभएको उक्त प्रतियोगिता फागुन ७ गतेसम्म सञ्चालन हुनेछ । 

नेपालगञ्जको कभर्डहलमा खेलाइने प्रतियोगितामा भारत, बंगलादेश र नेपालका गरी सात टोलीको सहभागिता छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!