सर्वाधिक राशीको रुकुमकप झुली खेतलाई

Posted on: 31 Oct, 2018

प्रेम सुनार | कार्तिक–१४, बुटवल । प्रदेश ५ मा अहिले सम्म कै सार्वाधिक राशीको रुकुमकप चौथो संस्करणको उपाधी रुकुमको मुसिकोट–७   स्थित झुलखेत सिटी युवा क्लवले हाता पार्न सफल भएको छ ।

रुकुम पुर्वको सिस्ने गाउँपालिका –५ को रुक्मिणि रंगशालामा भएको फाईनल खेलमा मुसिकोट–१३ छिबाङ्गलाई २–० गोलले पराजित गर्दै झुलखेत सिटी युवा क्लव उपाधी हाता पार्न सफल भएको हो ।

उसले नगद ८० हजार धनराशी सहित कव मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता छिवाङ्गले ४० हजार नगद , मेडल र प्रमाणप      त्र हात पारेको छ । उत्कृष्ट खेलाडी तर्फ पनि सिटी युवा क्लवले नै बाजी मार्न सफल भएको छ ।  त्यस क्लवका खुमबहादुर ओली उत्कृष्ट खेलाडीको ब्यक्तिगत पुरस्कार हाता पार्न सफल भएका छन ।


वेष्ट गोलकिपरमा सन्तोष बुढाथोकी र वेष्ट डिफेन्डरमा हेमराज रावतले पुरस्कार प्राप्त गरेका छन । वेष्ट स्टाईगरमा छिवाङ्गका अनुराग जिसी, वेस्ट मिडिफिल्डरमा रुकुमकोट युनाईटेड–ए का श्रीकुमार बुडाथोकी घोषित भएका छन ।

खेल संयोजक तिलक रेउलेका अनुसार प्रतियोगिताको सबै भन्दा अनुशासित टिम बनेको हिमशिखा बोर्डिङ्ग स्कुलले १० हजार धनराशीको पुरस्कार हाता पारेको छ ।  उपाधी जित्ने चमत्कार बोकेका शिद्धगुफा युवा क्लव मुसिकोट–१ सल्ले र रुकुमकोट युनाईटेड सिस्नेले सेमिफाईनल पुगेर लत्रिए पछि १५÷१५ हजार धनराशीको तेश्रो पुरस्कार मै चित्त बुझाउनु परेको छ ।

समृद्ध समाज नेपाल रुकुम पुर्वको आयोजनमा भएको उक्त प्रतियोगितामा रुकुम पुर्व  र पश्चिम गरी ११ टिमको सहभागिता थियो । २०७२ सालमा सुरु भर्एको पहिलो संस्करणमा त्यस क्षेत्र कै चर्चित क्लव शिद्धगुफा युवा क्लवले १२ टिमलाई पछाडी पार्दै उपाधी जित्न सफल भएको थियो ।

अहिलेको उपविजेताले माछमी युनाईटेडले  २०७३ को दोश्रो र २०७४ को तेश्रो संस्करणको उपाधी आफ्नो पोल्टामा पार्न सफल भएको थियो । यो चौथो संस्करण पहिलो पटक हाता पार्न सफल झुलखेत सिटी युवा  क्लव त्यस क्षेत्रका फुटवल क्लवहरुका निम्ति चुनौतीका रुपमा उदय भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!