नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा कुवेतका अब्दुल्लाह नियुक्त

Posted on: 04 Apr, 2021

चैत २२, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा कुवेतका अब्दुल्लाह अलमुताइरी  नियुक्त भएका छन् । उनलाई एन्फाको प्राविधिक कमिटीको सिफारिसमा प्रशिक्षकमा नियुक्त गरिएको हो ।

अलमुताइरीले नेपाली फुटबल टिमलाई कम्तीमा एक वर्ष प्रशिक्षण दिनेछन् । विश्व फुटबल महासंघले सदस्य राष्ट्रलाई ‘प्रो लाइसेन्स’ भएकालाई मात्र नियुक्त गर्ने प्रावधान  राखेको थियो । योसँगै साविकका प्रशिक्षक बालगोपाल महर्जनले नेपाली राष्ट्रिय टोलीलाई प्रशिक्षण गर्न प्राविधिक समस्या हुने भएकाले एन्फाले अलमुताइरीलाई प्रशिक्षक नियुक्त गरेको छ ।

नेपालले विश्वकप फुटबल छनोटअन्तर्गत दोस्रो चरणको बाँकी खेलको तयारी गरिरहेको छ । नेपालले चाइनिज ताइपेइ, अस्ट्रेलिया र जोर्डनहरुसँग खेल्ने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!