जर्मनीका खेलाडी टोनी क्रुसद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा

Posted on: 02 Jul, 2021

असार १८, काठमाडौँ | जर्मनीका मिडफिल्डर टोनी क्रुसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएको घोषणा गरेका छन् । युरो कपबाट आफ्नो टिम बाहिरिएको दुई दिनपछि क्रुसले यस्तो घोषणा गरेका हुन् । 

जर्मनीका लागि हालसम्म १७ गोल गरेका क्रुसले आफ्नो ट्विटरमा लेखेका छन् 'मैले जर्मनीबाट एक सय ६ पटक खेलेँ । अब अर्को समय हुनेछैन ।' 


रियल मड्रिडबाट समेत फुटबल खेल्ने क्रुस ३१ बर्षका छन् । उनले सन् २०२२ को कतार विश्वकपमा आफू नखेल्ने बताएका छन् । 

सन् २०१४ मा जर्मन क्लब बायर्न म्युनिखबाट क्रुस स्पेनी क्लब रियल मड्रिड आएका थिए । उनी रियल मड्रिडका लागि महत्त्वपूर्ण खेलाडी हुन् । 

यस संस्करणको युरो कपमा जर्मनी इङ्ल्यान्डसँग दुई–शून्य गोल अन्तरले पराजित भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!