अर्जेन्टिना कोपा अमेरिका च्याम्पियन, देशको लागि मेस्सीको पहिलो सफलता !

Posted on: 11 Jul, 2021

असार २७, एजेन्सी | साविक विजेता ब्राजिललाई उसकै घरेलु मैदानमा पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को उपाधि जितेको छ । अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका उपाधि जित्ने क्रममा ब्राजिललाई १-० ले पराजित गरेको हो ।


अर्जेन्टिनाको लागि पहिलो हाफमा एन्जल डी मारियाले गरेको गोल नै अर्जेन्टिनाको जितमा निर्णायक बन्यो । विश्वकप २०१८ मा जुन मैदानमा ब्राजिलसँग सेमिफाइनल खेलेको थियो अर्जेन्टिनाले आज सोहि मैदानमा ब्राजिललाई पराजित गरेको हो ।  ब्राजिलले खेलको दोस्रो हाफमा आक्रामक परिवर्तन गर्दै सुधारिएको प्रदर्शन गरेपनि खेलमा गोल फर्काउन भने सकेन । ४ विश्वकप र ६ कोपा अमेरिकामा असफलता पाएको अर्जेन्टिनाले यो पटक जितेसँगै आगामी विश्वकपलाई समेत धावा बोलेको छ । 

नेपाली समय अनुसार बिहान भएको खेलको २२ औं मिनेटमा डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । रोड्रीगो डे पलले दिएको लामो पासमा ब्राजिलका रेनान लोडीले राम्रो क्लिअरेन्स गर्न नसक्दा डी मारियाले बलमा नियन्त्रण गर्दै गोलरक्षकको माथिबाट गोल गरेका थिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!