रोनाल्डोको गोलमा कतारमाथि पोर्चुगलको सहज जित

Posted on: 10 Oct, 2021

असोज २४, काठमाडौं | अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले विश्वकप आयोजक कतारमाथि सहज जित निकालेको छ । शनिबार राति  घरेलु मैदानमा पोर्चुगलले कतारलाई ३-० ले पराजित गरेको हो ।

पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो, जोस फोन्टे र आन्द्रे सिल्भाले १/१ गोल गरे । खेलको पहिलो हाफमा १ तथा दोस्रो हाफमा २ गोल भएको थियो ।


३६ बर्षीय रोनाल्डोले अहिलेसम्म ११२ अन्तर्राष्ट्रिय गोल गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!