२४ वर्षपछि अस्ट्रेलियाले पाकिस्तान भ्रमण गर्ने

Posted on: 08 Nov, 2021

कात्तिक २२, काठमाडौं | अस्ट्रेलियालाई क्रिकेट टोली २४ वर्षपछि पाकिस्तान भ्रमणमा निस्कने भएको छ । 

सोमबार पाकिस्तान क्रिकेट बोर्डले अस्ट्रेलिया पाकिस्तान यात्रामा निस्कने तय भएको घोषणा गरेको हो । भ्रमण घोषणासँगै पाकिस्तान बोर्डले खेल तालिकासमेत सार्वजनिक गरेको छ ।

मार्चमा हुने तय भएको भ्रमणमा अस्ट्रेलिया र पाकिस्तानबीच तीन टेस्ट, तीन एक दिवसीय (ओडीआई) तथा एक टी- २० खेल आयोजना हुनेछ । 

यसका लागि खेल स्थलसमेत तय भइसकेको छ । पहिलो टेस्ट क्रिकेट ३ देखि ७ मार्चसम्म कराँची, दोस्रो १२ देखि १६ मार्चसम्म रावलपिण्डी तथा २१ देखि २५ मार्चसम्म लाहोरमा आयोजना हुनेछ । 

पाकिस्तान क्रिकेट बोर्ड अध्यक्ष रमिज राजाले भने, ‘अस्ट्रेलियालाई स्वागत गर्न पाउँदा खुसी छु । अस्ट्रेलिया एउटा राम्रो टोली हो, जुन टोली २४ वर्षपछि पहिलो पटक आउँदै छ । यो फ्यानका लागि विशेष उपहार हुनेछ ।’ राजाले अस्ट्रेलियाविरुद्ध आठ टेस्ट र १८ ओडीआई खेलेका छन् । 

यसअघि अस्ट्रेलियाली टोली सन् १९९८-९९ मा पाकिस्तान भ्रमणमा निस्किएको थियो । 


तालिका :

३-५ मार्च : पहिलो टेस्ट, कराँची

१२-१६ मार्च : दोस्रो टेस्ट, रावलपिण्डी

२१-२५ मार्च : तेस्रो टेस्ट, लाहोर

२९ मार्च : पहिलो ओडीआई, लाहोर

३१ मार्च : दोस्रो ओडीआई, लाहोर

२ अप्रिल : तेस्रो ओडीआई, लाहोर

५ अप्रिल : टी- ट्वान्टी, लाहोर

यस बिषयमा तपाइको प्रतिक्रिया...!