केनको ह्याट्रिकमा इंग्ल्याण्ड जित, पोल्याडको छैटौं जित

Posted on: 13 Nov, 2021

कात्तिक २७, काठमाडौं | कप्तान ह्यारी केनको ह्याट्रिकमा इंग्ल्याण्डले कतार विश्वकप अन्तर्गत युरोपियन छनोटमा सानदार जित निकालेको छ । बेम्वली रंगशालामा कप्तान ह्यारी केनको ह्याट्रिकमा इंग्ल्यान्डले अल्वानियामाथि ५-० को सानदार जित निकालेको हो । 

इंग्ल्याण्डको जितमा कप्तान केनले १८, ३३ र ४५ मिनेटपछि थपिएको १ मिनेटमा ह्याट्रिक पूरा गरे । ह्यारी मगाएरले ९ मिनेट तथा जार्डन हेण्डरसनले २८ मिनेटमा गोल गरे । 

जितसँगै इंग्ल्याण्डले विश्वकपमा सोझै छनोट हुने सम्भावना बलियो बनाएको छ । समूह आईको अर्को खेलमा पोल्यान्डले १० खेलाडीमा समेटिएको एन्डोरालाई ४-१ ले पराजित गरेको छ । 

पोल्यान्डको जितमा कप्तान रोबर्ट लेवान्डोस्कीले  दुई तथा कामिल जोविएक र अर्काडिअस मिलिकले १/१ गोल गरे । एन्डोराका मार्क भालेसले १ गोल फर्काए ।


एन्डोराका रिकार्ड फर्नान्डेज पहिलो मिनेटमानै सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । 

जितपछि इंग्ल्यान्ड समूह ‘आई’ मा ९ खेलबाट २३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित अल्वानिया १५ अंक सहित तेस्रो स्थानमा छ ।

यता, जितपछि पोल्याण्ड ९ खेलबाट २० अंक सहित दोस्रो स्थानमा छ । समान खेलबाट एन्डोरा ५ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!