नर्वेलाई पराजित गर्दै नेदरल्याण्ड विश्वकपमा छनोट

Posted on: 17 Nov, 2021

मङ्सिर १, काठमाडौं | नर्वेलाई पराजित गर्दै नेदरल्याण्ड कतार विश्वकपमा छनोट भएको छ । मंगलबार राति भएको युरोपेली छनोट अन्तर्गत समूह जी को खेलमा नर्वेलाई २–० गोल अन्तरले पराजित गर्दे नेदरल्याण्ड विश्वकपमा छनोट भएको हो । 

नेदरल्याण्डको जितमा स्टिभन बर्गवाइन र मेम्फिस डिपाएले समान १ गोल गरे । पराजित नर्वे भने समूहको तेस्रो स्थानमा रहँदै विश्वकपमा छनोट हुनबाट बन्चित भयो । 

जितसँगै नेदरल्याण्डले १० खेलबाट २३ अंक जोडेको छ भने टर्कीले १० खेलमा २१ अंक जोड्यो । समान खेलबाट १८ अंक जोडेको नर्वे तेस्रो स्थानमा छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!