राखेप सदस्यसचिवका लागि दरखास्त आह्वान, कसले दिन पाउँछन् आवेदन ?

Posted on: 20 Nov, 2021

मङ्सिर ४, काठमाडौं | युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिवका लागि दरखास्त आह्वान गरेको छ ।  मन्त्रालयले शनिबार सार्वजनिक सूचना जारी गर्दै एक साताको समय दिएर योग्य व्यक्तिलाई सदस्यसचिव पदका लागि आवेदन माग गरेको हो । 

कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएपछि ३१ असोज मन्त्रिपरिषद् बैठकले तत्कालीन सदस्यसचिव रमेश सिलवाललाई बरखास्त गरेको थियो । त्यसयता राखेप सदस्यसचिव विहीन छ । 

अघिल्लो वर्ष जारी भएको ऐनमा व्यवस्था भएअनुसार राखेप सदस्यसचिव खुला प्रतिस्पर्धाबाट चयन हुनुपर्छ । यसका लागि स्नातक पास गरेको, खेलकुदमा कम्तिमा दशक अनुभव लगायतका मापदण्ड छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!