पीएसजी रोकियो, शीर्ष स्थानमा १२ अंकको अग्रता

Posted on: 02 Dec, 2021

मंसिर १६, काठमाडौं | फ्रेन्च लिग वानको खेलमा शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ ।

स्टार खेलाडी नेयमार चोटका कारण उपलब्ध नभएको खेलमा पीएसजी घरेलु मैदानमा निससँग गोलरहित बराबरीमा रोकिएको हो ।

पार्क डेस प्रिन्सेसमा बल पोसेसन बलियो बनाएपनि पीएसजी गोल गर्न असफल भएको हो । भर्खरै सातौं पटक कीर्तिमानी बोलोन डि ओर जितेको मेस्सीसहित केलियन एम्बाप्पे र एन्जन डि मारिया अग्रपंक्तिमा गोल गर्न चुकेका थिए ।  

बराबरीसँगै पीएसजी १६ खेलबाट ४१ अंक साथ शीर्ष स्थानमा छ । निस २७ अंक जोडेर चौथो स्थानमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!