अमेरिकाले ओलम्पिक बहिष्कारको मूल्य चुकाउनेछ : चीन

Posted on: 07 Dec, 2021

काठमाडौँ, बीबीसी | चीनले बेइजिङमा सन् २०२२ मा हुने शीतकालीन ओलम्पिकमा कूटनीतिक बहिष्कार गर्ने अमेरिकी योजनाको निन्दा गरेको छ। साथै यसको बदला लिने धम्की पनि दिएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले दृढ प्रतिकार्य उपायहरू अवलम्बन गर्ने बताएका छन्। तर, थप विवरण भने दिएनन्। सोमबार अमेरिकाले चीनको मानवअधिकारको बारेमा चिन्ता व्यक्त गर्दै आफ्ना कूटनीतिज्ञहरू बेइजिङ नपठाउने बताएको थियो।

उसले आफ्ना खेलाडीले भने भाग लिन सक्ने र उनीहरूलाई सरकारको पूर्ण समर्थन हुने जनाएको थियो। मंगलबार मिडिया ब्रिफिङमा प्रवक्ता झाओले अमेरिकाले ‘खेलकुदमा राजनीतिक तटस्थता’ को उल्लंघन गरेको आरोप लगाए। उनले प्रस्तावित बहिष्कार ‘झुट र हल्लाहरू’मा आधारित भएको बताए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!