ए डिभिजन लिगका चौथो चरणका खेलहरु आजदेखि

Posted on: 10 Dec, 2021

मंसिर २४, काठमाडौं | आजबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा चौथो चरणका खेलहरु हुनेछन्। चौथो चरणको पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लबले फ्रेण्ड्स क्लबको सामना गर्नेछ। यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिनको १ बजे हुनेछ।

आजको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले च्यासल युथ क्लबको सामना गर्नेछ। यो खेल साँझ पौने ५ बजे सुरु हुनेछ।

लिगमा तिन चरणका खेलहरु सकिंदा ७–७ अंक जोडेको सातदोवाटो युथ क्लब, मच्छिन्द्र क्लब र मनाङ क्लब तालिकाको शिर्ष तीन स्थानमा रहेका छन्। संकटा क्लब, नेपाल पुलिस क्लब र त्रिुभवन आर्मी क्लबले ५–५ अंक जोडेका छन्।

थ्रिस्टार, ब्रिगेड ब्वाइज र च्यासलको ४–४ अंक छ भने फ्रेण्ड्स, एनआरटी र हिमालयन शेर्पाले २–२ अंक जोडेका छन्। अंक जोड्न नसकेका जावलाखेल युथ क्लब र सशस्त्र प्रहरीको एपिएफ टिम तालिकाको पुछारमा रहेका छन्।


यस बिषयमा तपाइको प्रतिक्रिया...!