दक्षिण अफ्रिकाद्वारा भारत सात विकेटले पराजित

Posted on: 07 Jan, 2022

पुस २३, काठमाडौँ | दोस्रो टेष्ट क्रिकेटमा दक्षिण अफ्रिकाले भारतलाई सात विकेटले पराजित गरेको छ ।

यस जितका साथ दक्षिण अफ्रिकाले तीन म्याचको सिरिज १–१ को बराबरी गर्न सफल भयो । अब तेस्रो टेष्ट ११ जनवरीमा हुने छ । पहिलो टेष्ट भारतले जितेको थियो । 

जोहनिसबर्गमा भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई २४० रनको चुनौती दिएको थियो । तर दक्षिण अफ्रिकाको लागि कप्तान डिन एल्गरको अभिजित ९६ रनको मद्दतमा दक्षिण अफ्रिकाले सहज जित निकाल्यो । 

भारतले पहिलो पारीमा २०२ र दक्षिण अफ्रिकाले २२९ रन बनाएका थिए । दोस्रो पारीमा भारतीय टोलीले २६६ रन बनाएको थियो । भारतका नियमित कप्तान बिराट कोहली खेलेका थिएनन् । भारतको कप्तानी केएल राहुलले गरेका थिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!