प्रधानमन्त्री कप टी-२० क्रिकेटमा आज चार खेल हुने

Posted on: 14 Jan, 2022

पुस ३०, काठमाडौँ | प्रधानमन्त्री कप टी(२० क्रिकेट प्रतियोगितामा (शुक्रबार) चार खेल हुनेभएका छन्। कीर्तिपुरस्थित टियु मैदान र मुलपानीस्थित माथिल्लो मैदानमा २/२ खेल हुनेछन्। टियुमा बिहान सवा ९ बजे हुने खेलमा कर्णाली प्रदेश र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्नेछन् भने सोही समय मुलपानीमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश भिड्नेछन्।

दिउँसो १ बजे टियुमा हुने दोस्रो खेलमा प्रदेश २ र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। सोही समयमा मुलपानीमा एपीएफ र लुम्बिनी प्रदेशबीच खेल हुनेछ।

समूह ‘ए’ मा लगातार दोस्रो जितसँगै पुलिस ४ अंकसहित शीर्ष स्थानमा छ। ३ खेलबाट ३ अंक बनाएको आर्मी दोस्रो स्थानमा छ। २ अंकको सुदूरश्चिम प्रदेश र कर्णाली प्रदेश क्रमशः तेस्रो र चौथो स्थानमा छन् भने १ अंकको प्रदेश नम्बर एक पुछारमा छ।

समूह ‘बी’ मा ३ खेलमा सतप्रतिशत जित निकालेको एपीएफ ६ अंक सहित शीर्ष स्थानमा छ। २ अंक भएका बागमती, लुम्बिनी र प्रदेश नम्बर २ क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन्। गण्डकी प्रदेश भने बिना अंक पुछारमा छ। दुबै समूहका शीर्ष दुई क्लब सेमिफाइनलमा प्रवेश गर्नेछन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!