'खेलाडीको सेवा सुविधा बढाउन पहल गर्छु'

Posted on: 19 Jan, 2022

माघ ५, काठमाडौँ | अर्थमन्त्री जनार्दन शर्माले खेलकुद क्षेत्रमा लगानी गर्न कुनै कन्जुस्याइँ गर्न नहुने बताएका छन्। बुधबार प्रधानमन्त्री कप पुरुष टी-२० क्रिकेट प्रतियोगितामा विजयी टिमलाई पुरस्कार वितरण कार्यक्रममा अर्थमन्त्री शर्माले सरकारले खेलकुद क्षेत्रमा लगानी गर्न कुनै कन्जुस्याइँ नगर्ने बताए।

उनले भने, ‘खेलकुदमा सरकारले कुनै कन्जुस्याइँ नगरी लगानी गर्नु पर्छ। खेलकुदसँग सम्बन्धित मन्त्रालयले पूर्वाधार निर्माण लगायतका काम अगाडि बढाउँदा अर्थमन्त्रालयको सहयोग हुन्छ।’ मन्त्री शर्माले नेपालको खेलकुद क्षेत्रमा कमजोर पूर्वाधार हुँदा पनि खेलाडीले राम्रो मेहनत गरेको बताए। उनले खेलाडीले मेहनत गरे अनुसार पूर्वाधार र खेलाडीको सेवा सुविधा नभएको स्वीकारसमेत गरे।

खेलकुद पूर्वाधारको विकास र खेलाडीको सेवा सुविधा बढाउने विषयमा सरकारको ध्यानाकर्षण भएको बताउँदै सरकारले खेलाडीको सेवा सुविधा बढाउने विषयमा आफूले पहल गर्ने पनि उनले बताए। मन्त्री शर्माले पछिल्लो समय नेपालमा क्रिकेटमा आकर्षण बढे अनुसार नेपाली खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा उत्कृष्टता प्रस्तुत गर्न सफल भएको पनि बताए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!