पाकिस्तानका रिजवान ‘आईसीसी प्लेयर अफ दि इयर’

Posted on: 23 Jan, 2022

माघ ९, काठमाडौँ | आईसीसी टी–२० विश्वकपमा पाकिस्तानलाई सेमिफाइनलसम्मको यात्रा तय गराएका मोहम्मद रिजवान ‘आईसीसी पुरुष टी–२० प्लेयर अफ दि इयर २०२१’ घोषित भएका छन् । आईसीसीले आइतबार पाकिस्तान विकेट किपरसमेत रहेका ब्याटर रिजवान वर्षको उत्कृष्ट खेलाडीबाट सम्मानित भएको जनाएको हो । 

उनले यस वर्ष २९ खेलमा १३२६ रन प्रहार गरेका थिए । जुन औसतमा ७३ दशमलब ६६ रहेको छ । यस्तै उनको स्ट्राइक रेट १३४ दशमलब ८९ छ । मोहम्मद रिजवानले यसै वर्ष लाहोरमा दक्षिण अफ्रिकाविरुद्ध शतक प्रहार गर्दा कराँचीमा वेष्ट इण्डिजविरुद्ध ८७ रन बनाएका थिए । 

यस्तै आईसीसीले ओमानका जिसन मक्सुदलाई एसोसिएट प्लेयर अफ दि इयर घोषित गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!