नेपाल क्रिकेट संघद्वारा क्रिकेट खेलाडीको वर्गीकरण को-को कुन ग्रेडमा ?

Posted on: 28 Jan, 2022

माघ १४, काठमाडौँ | नेपाल क्रिकेट संघले खेलाडीको वर्गीकरण गरेको छ। (१३ माघ) बिहीबार बसेको क्यानको बैठकले पुरुष तथा महिला राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई २०२२ को केन्द्रीय सम्झौतामा अनुबन्ध गर्ने निर्णय गरेको जनाएको छ।

पुरुष खेलाडीहरू तर्फ ग्रेड एमा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरि, सोमपाल कामी र करण केसी, ग्रेड बिमा कुशल भुर्तेल, आसिफ सेख, शरद भेसवाकर, आरिफ सेख, अविनाश बोहरा र विनोद भण्डारी, ग्रेड सी, कुशल मल्ल, रोहित कुमार पौडेल, कमल सिंह ऐरि, विक्रम सोव, साहब आलम, सुशन भारी र पवन सर्राफ छन्।

महिला खेलाडीहरूतर्फ ग्रेड एमा रुबिना छेत्री, सीता राना मगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी, ग्रेड बि, सरिता मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, सवनम राई र ज्योति पाण्डे, ग्रेड सी, डली भट्ट, कविता जोशी, सङ्गीता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी र बिन्दु रावल रहेको क्यानले जनाएको छ ।

त्यस्तै बैठकले चार जना खेलाडीहरूलाई २०२२ को सेन्ट्रल कनट्याक्टमा सुरुको ६ महिनाको लागि सहभागी नगराउने संघको अघिल्लो बैठकको निर्णय फिर्ता लिने निर्णय गरिएको छ। त्यस्तै क्यानको वार्षिक साधारणसभा आगामी फाल्गुन १३ र १४ मा धनगढीमा गर्ने निर्णय गरेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!