विश्वकप छनोटको तेस्रो स्थानका लागि आज नेपाल ओमानसँग खेल्दै

Posted on: 24 Feb, 2022

फागुन १२, काठमाडौँ । सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई)सँग पराजित हुँदै दोस्रो पटक आईसीसी टी-२० विश्वकपमा स्थान बनाउन चुकेको नेपालले तेस्रो स्थानको लागि आज (बिहीबार) आयोजक ओमानसँग खेल्दैछ ।

विश्वकपको ग्लोबल छनोटको तेस्रो स्थानका लागि घरेलु टोली ओमानविरुद्ध मैदान उत्रदा नेपाल जितसहित प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा हुनेछ ।

मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजेदेखि सुरू हुनेछ ।

यसअघि समूह चरणको खेलमा नेपालले ओमानलाई ३९ रनले पराजित गरेको थियो । दुबै टोली छनोटको सेमिफाइलनमा पुगे पनि पराजित हुँदै अस्ट्रेलियामा अक्टोबरदेखि सुरू हुने विश्वकपमा स्थान बनाउन असफल भए ।

नेपाल समूह ‘बी’ को विजेताको रुपमा र ओमान उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेका थिए । तर, सेमिफाइलनमा नेपाल युएईसँग ६८ रन र ओमान आयरल्यान्डसँग ५६ रनले पराजित भएको थियो ।

सेमिफाइनलमा जित निकाल्दै फाइलन पुगेका युएई र आयरल्यान्ड विश्वकपका लागि छनोट भएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!