सुदूपश्चिमलाई खेल पर्यटनका माध्ययमबाट चिनाउनु पर्छ : मन्त्री आले

Posted on: 13 Mar, 2022

फागुन २९, गोदावरी । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेमगरले सुदूपश्चिमलाई खेल पर्यटनका माध्ययमबाट चिनाउनुपर्ने बताउनुभएको छ ।

शनिबार धनगढीस्थित क्षेत्रीय रङ्गशालामा सुदूरपश्चिम खप्तड गोल्डकप समापन समारोहलाई सम्बोधन गर्दै उहाँले पछिल्लोपटक सुदूरपश्चिममा सर्वाधिक धनराशि भएका खेलकुद भइरहेकाले यो क्षेत्रलाई सांस्कृतिक, धार्मिक तथा प्राकृतिक पर्यटन मात्र नभएर खेलकुदका माध्ययमबाट चिनाउन आवश्यक रहेकामा जोड दिनुभयो । 

मन्त्री आलेले धनगढी रङ्गशालामा रात्रिकालीन खेल हुने गरी स्तरोन्नति आवश्यक रहेको जनाउँदै यसका लागि आवश्यक बजेट विनियोजन गर्न सम्बन्धित निकायलाई निर्देश समेत दिनुभयो ।  

उहाँले भन्नुभयो“ वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गरिरहेको छ । म जनताको शीर नझुक्ने गरी नयाँ नयाँ काम गर्छु । ” मन्त्री आलेले  धनगढी विमानस्थललगायत सुदूरपश्चिममा रहेका विमानस्थलका लागि बजेट विनियोजन गरेको जानकारीदिनुभयो  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!