युएईविरुद्ध नेपालको बलियो सुरुवात, यस्तो छ ३७ ओभरको खेल चल्दै गर्दा स्कोर

Posted on: 18 Mar, 2022

चैत ४, काठमाडौं । आईसीसी विश्वकप लिग टूमा युएईविरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ । ३६ औं ओभरको खेल चल्दै गर्दा युएईले ५ औं विकेट गुमाएको छ । 

टस जितेर ब्याटिङ गरेको युएईले सुरुवाती १० ओभर (पावर प्ले)मा ३ विकेट गुमाएर ३५ रन मात्र जोडेको थियो । नेपाली तीव्र बलर सोमपाल कामीले युएईका शीर्षक्रमका तीन ब्याटरलाई आउट गरेका हुन् ।

३७ औं ओभरको खेल सकिंदा ५ विकेटको क्षतिमा युएईले १३२ रनको योगफल बनाएको छ ।

युएईका युवा ब्याटर अरविन्दले अघिल्लो महिना आईसीसी टी–२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनलमा नेपाललाई हराउन ४६ रनको सानदार पारी खेलेका थिए ।

९.१ ओभरमा सोमपालले तेस्रो विकेट लिने क्रममा अर्का ओपनर मोहम्मद वासिमलाई ज्ञानेन्द्र मल्लबाट क्याचआउट गराए । वासिमले २१ रन बनाए ।

युएईको विकेट लिने क्रममा सोमपालले ३ विकेट लिएका छन् भने सन्दिप लामिछाने र करण केसीले १/१ विकेट लिएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!