नेपालको अवस्था नाजुक बन्दै, १०७ रनमा छैटौं झट्का

Posted on: 18 Mar, 2022

चैत ४, काठमाडौं ।आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन २ अन्तर्गत त्रिकोणात्मक शृंखलामा घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई)ले दिएको एक सय ६९ रनको  लक्ष्य पछ्याउने क्रममा नेपालले छैटौं विकेट गुमाएको छ । 

ताजा अवस्थामा नेपाल २९.४ ओभर खेल्दै १०७ रनमा रहेको छ।

यसअघि शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई दुई विकेटले हराएको थियो । डिभिजन २ मा नौ खेलबाट १० अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ । यस्तै, दोस्रो स्थानमा रहेको युएईले १५ खेलबाट १८ अंक जोडेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!