यूएईद्वारा नेपाललाई २०३ रनको लक्ष्य, सन्दीपले लिए तीन विकेट

Posted on: 21 Mar, 2022

चैत ७, काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग टुमा  अन्तर्गतको खेलमा आयोजक यूएईले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ । यूएईसँगको पहिलो खेलमा ४८ रनले पराजित भएको नेपाल आजको खेलमा जित निकाल्ने योजनामा  छ । आजको खेलमा दुबै टोलीलाई दुई अंक महत्वपूर्ण छ । नेपाल र युएईबीच हालसम्मको नतिजा हेर्दा नेपाल कमजोर छ । 

दुबई क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०२ रन जोड्यो । 

यूएईका लागि रोहन मुस्तफाले सर्वाधिक ६० रनको योगदान गरे । ओपनर मुहम्मद रिजवानले ३३ रन जोडे । त्यस्तै चिराग सुरीले २६ रन बनाउदा भृत्या अरविन्दले २४ रन जोडे । बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए  । त्यस्तै करण केसी र सोमपाल कामीले समान दुई-दुई विकेट हात पारे । त्यस्तै आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले एकएक विकेट लिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!