दुई हारपछि सन्दीप भन्छन्- ‘यदि तपाईंले हिजो हार्नुभयो भने आज अर्को दिन हो, हिजोको गल्ती सुधार्नु पर्

Posted on: 22 Mar, 2022

चैत ८, काठमाडौँ । पपुवा न्युगिनीविरूद्धको पहिलो खेलमा खराब ब्याटिङका बावजुद पनि दुई विकेटको जित हात पारेको नेपालले पछिल्ला दुई खेलमा भने हार बेहोर्‍यो। खराब ब्याटिङ गरेपछि युएईविरुद्ध ४८ र ९९ रनले पराजित भएको नेपालको ब्याटिङमाथि अहिले प्रश्न उठिरहेको छ। 

सोमबार युएईविरुद्ध १०३ रनमै अलआउट हुनु नेपालको एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै कम स्कोर हो। 

‘प्रत्येक पटक हामी ड्रेसिङ रुम र ड्रइङ बोर्डमा जान्छौँ, खेलको बारेमा कुरा गर्छौ,’ लामिछानेले भने, ‘अहिले हाम्रो लागि राम्रो भइरहेको छैन। हामीले जे पनि गल्ती गरिरहेका छौं, हामी तिनीहरूलाई सुधार गर्न र नतिजामा सुधार ल्याउने आसा गर्न सक्छौं।’लामिछानेले सबैले खेलमा केन्द्रीय हुँदै जितका लागि प्रयास गर्नु पर्ने पनि बताए।

‘यदि तपाइँ एक व्यवसायीक क्रिकेटर हुनुहुन्छ भने तपाइँसँग कुनै विकल्प छैन, यदि तपाईंले हिजो हार्नुभयो भने आज तपाईंको लागि अर्को दिन हो र आफूलाई खेलमा केन्द्रीय गराउने र सुधार गर्ने हो। मेरो सिद्धान्त यही हो,’ उनले भने,‘सबैजना ठीक हुनेछन्। हामीले प्रयास गर्नुपर्छ र एकअर्का सहयोग गरेर अघि बढ्नु पर्छ।’ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!