विश्वकप–२०२२ का लागि एसियाबाट चार टोलीको टुंगो, अष्ट्रेलिया र यूएईले प्ले अफ खेल्ने

Posted on: 30 Mar, 2022

चैत १६, काठमाडौं ।  कतार विश्वकप–२०२२ का लागि एसियाबाट सहभागिता जनाउने चार टोलीको टुंगो लागिसकेको छ । आयोजक कतार स्वतः विश्वकपमा स्थान बनाउँदा एक टोलीको भने सम्भावना प्लेअफबाट निर्धारण हुनेछ । 

एसियाबाट इरान र दक्षिण कोरिया तथा साउदी अरबिया र जापानले भने छनोट चरणबाट सिधै विश्वकपमा स्थान बनाए । 

अब, प्लेअफबाट एक टोलीको सम्भावना रहँन्छ । त्यसका लागि प्लेअफ चरण पार गर्नुपर्ने हुन्छ । एसियाबाट दुई समूहका तेस्रो स्थानमा रहने दुई उत्कृष्ट राष्ट्रले पहिलो चरणको प्लेअफ खेल्नेछन् । 

जहाँ अष्ट्रेलिया र संयुक्त अरब इमिरेट्स (यूएई) प्रतिस्पर्धा गर्नेछन् । खेल दोहामा ७ जुनमा हुनेछ । यसको विजेताले अन्तरमहादेशीय प्लेअफ खेल्नेछ । जहाँ दक्षिण अमेरिकी छनोटको प्लेअफ टोलीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । 

यस खेल १३ अथवा १४ जुनमा दोहामै हुनेछ । दक्षिण अमेरिकी प्लेअफबाट पेरुले विश्वकप छनोटका लागि प्रयास गर्नेछ । यसको विजेता विश्वकपमा स्थान बनाउन सफल हुनेछ । 

यसअघि एसिया छनोटको तेस्रो चरणमा रहेका १२ टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । समूह ए बाट इरान र कोरियाले स्थान बनाउँदा समूह बी बाट साउदी अरबीया र जापाले स्थान बनाए । 

तेस्रो चरणबाट इराक, सिरिया, लेवनान, ओमान, चिन र भियतनाम भने अगाडि बढ्न सकेनन् । 

हालसम्म एसियाबाट दक्षिण कोरियाले ११ पटक विश्वकप खेलिसकेको छ । यस्तै जापानले ७ पटक विश्वकपमा सहभागीता जनाउँदा इरान र साउदी अरबले समान ६ पटक खेलेका छन् । यस्ता अष्ट्रेलियाले पाँच पटक खेल्दा उत्तर कोरियाले दुई पटक खेलेको छ । 

यस्तै इन्डोनेसिया, इजरायल, कुवेत, इराक, यूएई, चिन र कतारले समान एक एक पटक विश्वकपमा आफ्नो सहभागिता जनाए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!