मलेसियाले नेपाललाई दियो ११५ रनको लक्ष्य

Posted on: 30 Mar, 2022

चैत १६, काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० श्रृंखलाको तेस्रो खेलमा मलेसियाले नेपालसामु ११५ रनको विजयी  लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको मलेसियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ११४ रनको योगफल खडा गर्यो ।

मलेसियाका जुबैदी जुल्किफ्लेले सर्वाधिक ३२ रन बनाए । यसबाहेक कप्तान अहमेद फैजले २४, मुहम्मद अमिर १६, सेद अजिजले १४ रन बनाए । नेपालका कप्तान सन्दीप लामिछानेले र करण केसीले समान दुई विकेट लिए । यस्तै, अविनाश बोहरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट हात पारे ।

यसअघि श्रृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनी (पिएनजी) लाई १५ रनले हराएको थियो । यस्तै, मलेसियाले पनि पिएनजीमाथि आठ रनको जित दर्ता गराएको थियो । नेपाल लगातार दोस्रो जितको खोजीमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!