मलेसियाविरुद्धको खेलमा नेपालका ओपनर ब्याटर आशिफको अर्धशतक

Posted on: 30 Mar, 2022

चैत १६, काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० शृंखलाअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालका ओपनर ब्याटर आशिफ शेखले अर्धशतक बनाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले दिएको एक सय १५ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट ओपनिङमा आएका ३३ बलमा ६ चौका र एक छक्कासहित आशिफले ५० रन पूरा गरे । आशिफको यो दोस्रो टी-२० अन्तर्राष्ट्रिय अर्धशतक हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!