आइपीएल: लखनउको तेस्रो जित, दिल्ली पराजित

Posted on: 08 Apr, 2022

चैत २५, काठमाडौं । दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराउदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा लखनउ सुपर जायन्ट्सले जित निकालेको छ ।

बिहिवार दिल्लीले दिएको १५० रनको लक्ष्य लखनउले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्‍याे । लखनउको जितमा क्विन्टन डी ककले  सर्वाधिक ८०  बनाए  । यस्तै कप्तान केएल राहुलले २४ रनको योगदान गरे । 


यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १४९ रनको योगफल तयार पारेकाे थियाे । दिल्लीका  पृथ्वी शले सर्वाधिक ६१ रन बनाए   । यस्तै  ऋषव पन्तले ३९ र सर्फराज खानले ३६ रनको योगदान गरे । 

जितसँगै लखनउले ४ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा छ । दिल्ली ३ खेलबाट २ अंक जोडेर सातौं स्थानमा  छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!