नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण फुटबल खेल खेल्ने, खेल कतारको दोहामा हुने

Posted on: 18 Apr, 2022

वैशाख ५, काठमाडौँ । एएफसी एसियन कप २०२३ को छनोटको तयारीमा रहेको नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको हो । नेपालले अफगानिस्तान सँग खेल्ने दुवै मैत्रीपूण खेल कतारको दोहामा मे २५ र २९ मा हुनेछ ।

एएफसी एसियन कप २०२३ को छनोटको लागि नेपालले शुक्रबारदेखि तयारी थालेको छ । टोलीमा २५ सदस्यी रहँदा दुई खेलाडी मात्रै प्रशिक्षणमा अनुपस्थित रहेका छन् । उनीहरु केही दिनमा नै प्रशिक्षणमा जोडिने एन्फाले जनाएको छ ।

एएफसी एसियन कप २०२३ को छनोटमा नेपाल जोर्डन, कुवेत र इन्डोनेसिया रहेको समूहमा परेको छ । नेपालले ८ जुनमा जोर्डन, ११ जुनमा कुवेत र १४ जुनमा इन्डोनेसियासँग खेल्ने तालिका रहेको छ । छनोटका सबै खेल कुवेत सिटीमा हुनेछ ।

२५ सदस्यीय नेपाली फुटबल टोलीमा को को छन् ? 

किरण कुमार लिम्बु (गोलरक्षक), दीप कार्की (गोलरक्षक), विशाल श्रेष्ठ (गोलरक्षक), अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्तीमगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यू ठकुरी, तेज तामाङ र विशाल राई

यस बिषयमा तपाइको प्रतिक्रिया...!