जित्नै पर्ने दबाबमा मुम्बई इन्डियन

Posted on: 24 Apr, 2022

वैशाख ११, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (आइतबार) लखनउ सुपर जाइन्ट्सले मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्दैछ ।  मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ । आजको खेलमा मुम्बइै जित्नै पर्ने दबाबमा छ ।

लिगमा ७ खेल खेलेको मुम्बई जितविहीन हुँदै तालिकाको पुछारमा छ । यता लखनउ सहज जित निकाल्दै तालिकाको शीर्ष तीनमा रहने योजनामा छ । लिगमा ७ खेल खेलेको लखनउ ८ अंक जोडेर तालिकाको पाँचौँ स्थानमा छ । आजको खेलमा मुम्बई पराजित भएमा अघिल्लो चरण प्रवेशको सम्भावना कमजोर बन्नेछ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!