आईपीएलमा दिल्लीले कोलकातालाई हरायो

Posted on: 29 Apr, 2022

 वैशाख १६, काठमाडौं | कोलकाता नाइट राइडर्सलाई ४ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा दिल्ली क्यापिटल्सले चौथो जित  निकालेको छ ।

बिहीबार राति कोलकाताले दिएको १४७ रनको लक्ष्य दिल्लीले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍याे ।  दिल्लीको जितमा डेभिड वार्नरले सर्वाधिक ४२ रन जोडे । रोभम्यान पावेलले ३३ रनको योगदान गरे । कोलकाताका उमेश यादवले ३ विकेट लिए । 


यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनाएकाे थियाे । कोलकाताका नितिश रानाले सर्वाधिक ५७ रन बनाए । कप्तान श्रेयस एयरले ४२ रनको योगदान गरे ।

दिल्लीका कुलदीप यादवले ४  र मुस्ताफिजुर रहमानले ३ विकेट लिए ।

जितसँगै दिल्ली ८ खेलमा ८ अंक जोडेर  छैटौं स्थानमा  छ । कोलकाता ९ खेलमा ६ अंक जोडेर आठौं स्थानमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!