जिम्बाब्बेविरुद्ध नेपालले टस जित्यो, बलिङ गर्ने

Posted on: 02 May, 2022

वैशाख १९, काठमाडौँ | पहिलो खेलमा ६ विकेटले पराजित नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (सोमबार) दोस्रो खेलमा पाहुना टोली जिम्बाब्वे 'ए' विरुद्ध टस जितेर फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ । नेपालका कप्तान सन्दीप लामिछानेले टस जिटेर जिम्बाब्वेलाई ब्याटिङ निम्तो दिएका हुन् ।

आइतबार भएको पहिलो खेलमा बलिङ र ब्याटिङ दुबैमा चुकेको नेपाल घरेलु मैदानमा पराजित भएको थियो । त्यसैले नेपाल दोस्रो खेलमा हारको बदला लिदै शृंखला १-१ को अवस्थामा ल्याउन चाहन्छ ।

नेपालले अमेरिकामा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को तयारी स्वरुप जिम्बाब्बेसँग खेल्न लागेको हो । यसअघि पहिला तीन एकदिवसीय खेल र त्यसपछि तीन टी-२० खेल हुने बताइए पनि वर्षाका कारण पहिला टी-२० अगाडि सारिएको थियो ।तेस्रो तथा अन्तिम टी-२० बुधबार हुनेछ । त्यसपछि तीन एकदिवसीय खेल हुने क्यानले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!