एन्फा वरिष्ठ उपाध्यक्ष नेम्वाङले भने- समस्यासँग भागेर समाधान हुन्छ अध्यक्षज्यू

Posted on: 03 May, 2022

वैशाख २०, काठमाडाैं | खेलाडी र प्रशिक्षकबीचको विवादका कारण अहिले घरेलु खेलकुद अझ फुटबल क्षेत्र तरंगित छ । पछिल्लो समय प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहारका कारण राष्ट्रिय टोलीका १० खेलाडी असन्तुष्ट छन् र बन्द प्रशिक्षणबाट होटलसमेत छोडेका छन् ।

कुवेती नागरिक अब्दुल्लाह खेलाडी आफूलाई कुनै जानकारी नगराई प्रशिक्षण छोडेको बताइरहँदा खेलाडीले भने प्रशिक्षकको व्यवहारबाट आजित भई होटेल छाड्न परेको स्पष्टीकरण दिएका छन् ।

खेलाडी र प्रशिक्षक दुबैले एक अर्कालाई आरोप लगाउँदै अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्रसमेत बुझाएका छन् ।

यसैबीच खेलकुद अझ फुटबलमा लागेकाले टेबल वार्ता हुनुपर्ने र सानो ईश्युलाई ठूलो नबनाउन आग्रह गर्दै समस्याको समाधान खोज्न आग्रह गरेका छन् ।

एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्वाङसहित उपाध्यक्ष वीरबहादुर खड्का , कृष्ण थापा र सदस्य दावा लामाले विवाद समाधान गर्न कार्यसमिती बैठक बोलाउन आग्रह गरेका छन् । 

खेलाडीले समस्या समाधाम गर्न एन्फालाई आग्रह गरेका छन् । तर एन्फा नेतृत्व त्यसका लागि सकारात्मक नभएको देखिन्छ ।

एन्फा वरिष्ठ उपाध्यक्ष नेम्वाङले मंगलबार बिहान सामाजिक सन्जालमा पोस्ट गर्दै अध्यक्षलाई समस्यासँग भागेर समाधान नहुने र समस्या समाधाम गर्न आग्रह गरेका छन् ।

'समस्यासँग भागेर समाधान हुन्छ र ? अध्यक्ष ज्यु?' आगामी ६ असारमा अध्यक्षका लागि निर्वाचन लड्ने तयारी गरेका पंकजले लेखेका छन् ।

यस्तै उनले संस्थागत निर्णय गर्न ढिला भएको समेत बताएका छन् । 'चाँडै बैठक बोलाउनुहोस्, संस्थागत निर्णय गरौँ । ढिलो भइसक्यो,' उनले भनेका छन् । 

यसअघि १४ वैशाखमा असन्तुष्ट रहेका खेलाडीले होटल छाडेका थिए । यहि विवाद समाधान गर्न खेलाडीले हिजो (मंगलबार) खेलकुद मन्त्रीलाई भेटेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!