नेपाल जिम्बाबेसँग ३ विकेटले पराजित

Posted on: 06 May, 2022

वैशाख २३, काठमाडौँ | काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल दिएको १३७ रनको लक्ष्य जिम्बाबेले २६ ओभरमा सात विकेट गुमाएर पूरा गरेको हो। जिम्बाबेका लागि इनोसन्ट कैलाले ४८ रन बनाए। प्रारम्भिक ब्याटर कैला अभिजित रहे।

नेपालका लागि सन्दीप लामिछाने र करण केसीले दुई-दुई तथा सोमपाल कामी र सागर ढकालले एक-एक विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३१.३ ओभरमा सबै विकेट गुमाएर १३६ रन बनाएको थियो। नेपालका लागि सोमपाल कामीले ३०, करण केसीले २५, कुशल भुर्तेलले १९ र दीपेन्द्रसिंह ऐरीले १८ रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्।

जिम्बाबेका लागि ब्राड इभान्स्‌ले चार, भिक्टर नेउची, ब्रान्डन मवुता र सेफास जुवाओले दुई-दुई विकेट लिए।


यस बिषयमा तपाइको प्रतिक्रिया...!