विश्वविजेता फ्रान्स क्रोयसियासँग १–० अन्तरले पराजित

Posted on: 14 Jun, 2022

जेठ ३१, काठमाडौं | यूइएफए नेसन्स लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा विश्वविजेता फ्रान्स क्रोयसियासँग १–० अन्तरले पराजित भएको छ । 

पेरिसमा भएको खेलमा घरेलु टोली फ्रान्स पाएका अवसर गुमाउँदा शीर्षस्थानमा उक्लने अवसर गुमायो । भ्रमणकारी टोली क्रोयसियाको जितमा लुका मोड्रिकले पाँचौ मिनेटमा गरेका पेनाल्टी गोल नै निर्णायक भयो । 

यससँगै प्रतियोगितामा फ्रान्सले आफ्नो खराव प्रदर्शन जारी राखेको छ । उसले ४ खेल खेल्दा जम्मा दुई अंक जोडेको छ र पुछारमा छ । क्रोयसिया भने ४ खेलबाट सात अंक जोड्दै दोस्रो स्थानमा छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!