इंग्ल्यान्डको पोष्टमा हंगेरीको चार गोल

Posted on: 15 Jun, 2022

असार १, काठमाडौँ | इंग्ल्यान्डविरुद्ध यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत मंगलबार राति हंगेरीले ४–० को सहज जित निकालेको छ । हंगेरीको जितमा रोलान्ड सलाईले दुई तथा नागी र डानिल गाज्दागले एक एक गोल गरे । खेलको ८२औं मिनेटमा इंग्ल्यान्डको जोन स्टोन्स रातो कार्डको सामना गर्दै बाहिरिएका थिए । जितसँगै हंगेरी समूह ए ३ मा ७ अंक सहित शीर्ष स्थानमा उक्लिएको छ । इंग्ल्यान्ड ४ खेलमा २ अंक जोडेर पुछारमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!