विश्वकप फुटबलमा भिड्दैछन् ३२ देश, कुन -कुन?

Posted on: 15 Jun, 2022

असार १, काठमाडौँ | अंग्रेजी महिनाको जुन-जुलाई महिना विश्वभरका फुटबलप्रेमीका लागि ४ वर्षको अन्तरालमा उत्सव बनेर आउँथ्यो । ४ वर्ष अघि अर्थात् सन् २०१८ मा आजकै दिन विश्वकप फुटबलको दोस्रो दिन थियो । तर, हिजो(मंगलबार) मात्रै फिफाले विश्वकप भिड्ने टोलीको टुंगो लगाएको छ ।

यसपालीको विश्वकप फुटवल कतारमा आयोजना हुँदैछ । यो बेला कतारमा अत्याधिक गर्मी हुने हुँदा विश्वकपको मिति धकेलियो । अब नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म कतारमा विश्वकप फुटबलको माहोल तात्नेछ ।

यसपालीको विश्वकप फुटबलमा ३२ वटा देश विश्वकपमा भिड्दै छन् । जसमा सबैभन्दा बढी युरोपबाट १३ एसियाबाट एसियाबाट ६ उत्तर अमेरिकाबाट ४ अफ्रिकाबाट ५ र दक्षिण अमेरिकाबाट ४ राष्ट्र विश्वकपमा छनोट भएको फिफाले जनाएको छ ।

२२ औं संस्करणको फिफा विश्वकपको पहिलो खेल समूह ‘ए’ मा रहेको नेदरल्याण्ड र सेनेगलबीच हुनेछ । दोस्रो खेल समूह ‘बी’बाट इङ्ल्याण्ड र इरानबीच हुनेछ । तेस्रो खेल समूह ‘सी’बाट कतार र इक्वेडरले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप फुटबल कतारको ५ सहरका ८ वटा खेल मैदानमा खेलाइने फिफाले जनाएको छ ।

कुन समूहमा को–को ?

समूह ए – कतार, नेदरल्याण्ड, सेनेगल, इक्वेडर

समूह बी – इंग्ल्यान्ड, अमेरिका, इरान, वेल्स

समूह सी – अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया

समूह डी – फ्रान्स, डेनमार्क, ट्युनिसिया, अष्ट्रेलिया

समूह ई – स्पेन, जर्मनी, जापान, कोस्टारिका

समूह एफ – बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा

समूह जी – ब्राजिल, स्वीट्जरल्याण्ड, सर्बिया, क्यामरुन,

समूह एच – पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना

List of countries that have qualified for 2022 World Cup

​यस्तो छ समूह चरणको खेल तालिकाका र नेपाली समय 

२०२२ नोमेम्बर २१ : तीन खेल 

सेनेगल भर्सेस नेदरल्यान्ड्स : दिउँसो ३ः४५ 

इङ्ल्यान्ड भर्सेस इरान : साँझ ६ः४५ 

कतार भर्सेस इक्वेडर : राति ९ः४५ 

नोमेम्बर २२ : चार खेल 

अमेरिका भर्सेस उल्भ्स : राति १२ः४५

अर्जेन्टिना भर्सेस साउदी अरेविया : दिउँसो ३ः४५ 

डेनमार्क भर्सेस टुनिसिया :  साँझ ६ः ४५ 

मेक्सिको भर्सेस पोल्यान्ड : राति ९ः४५ 

नोमेम्बर २३ : चार खेल 

फ्रान्स भर्सेस अष्ट्रेलिया : राति १२ः४५

मोरोको भर्सेस क्रोएसिया : दिउँसो ३ः४५ 

जर्मनी भर्सेस जापान : साँझ ६ः४५ 

स्पेन र्भेसस कोस्टा रिका : राति ९ः४५ 

नोमेम्बर २४ : चार खेल 

बेल्जियम भर्सेस क्यानडा : राति १२ः४५ 

स्विजरल्यान्ड भर्सेस क्यामरुन : दिउँसो ३ः४५ 

उरुग्वे भर्सेस दक्षिण कोरिया : साँझ ६ः४५ 

पोर्चुगल भर्सेस घाना : राति ९ः४५ 

नोमेम्बर २५ : चार खेल

ब्राजिल भर्सेस सर्बिया : राति १२ः४५ 

वेल्स भर्सेस इरान : दिउँसो ३ः४५ 

कतार भर्सेस सेनेगल : साँझ ६ः४५ 

नेदरल्यान्ड भर्सेस इक्वेडर : राति ९ः४५ 

नोमेम्बर २६ : चार खेल 

इङ्ल्यान्ड भर्सेस अमेरिका : राति १२

टुनिसिया भर्सेस अष्ट्रेलिया : दिउँसो ३ः४५ 

पोल्यान्ड भर्सेस साउदी अरेविया : साँझ ६ः४५ 

फ्रान्स भर्सेस डेनमार्क : राति ९ः४५ 

नोमेम्बर २७ : चार खेल 

अर्जेन्टिना भर्सेस मेक्सिको : राति १२ः४५ 

जापान भर्सेस कोस्टारिका : दिउँसो ३ः४५ 

बेल्जियम भर्सेस मोरोको : साँझ ६ः४५ 

क्रिएसिया भर्सेस क्यानडा : राति ९ः४५ 

नोमेम्बर २८ : चार खेल 

स्पेन भर्सेस जर्मनी : राति १२ः४५ 

क्यामरोन भर्सेस सर्बिया : दिउँसो ३ः४५ 

दक्षिण कोरिया भर्सेस घाना : साँझ ६ः४५ 

ब्राजिल भर्सेस स्विजरल्यान्ड : राति ९ः४५ 

नोमेम्बर २९ :  तीन खेल 

पोर्चुगल भर्सेस उरुग्वे : राति १२ः४५ 

इक्वेडर भर्सेस सेनेगल : राति ८ः४५ 

नेदरल्यान्ड्स भर्सेस कतार : राति ८ः४५ 

नोमेम्बर ३०ः चार खेल 

इरान भर्सेस अमेरिका : राति १२ः४५

वेल्स भर्सेस इङ्ल्यान्ड : राति १२ः४५ 

टुनिसिया भर्सेस फ्रान्स : राति ८ः४५ 

अष्ट्रेलिया भर्सेस डेनमार्क : राति ८ः४५

डिसेम्बर १ : चार खेल  

पोल्यान्ड भर्सेस अर्जेन्टिना : राति १२ः४५ 

साउदी अरेविया भर्सेस मेक्सिको : राति १२ः४५ 

क्रोएसिया भर्सेस बेल्जियम : राति ८ः४५ 

क्यानडा भर्सेस मोरोको : राति ८ः४५ 

डिसेम्बर २ः चार खेल 

जापान भर्सेस स्पेन : राति १२ः४५ 

कोस्टा रिका भर्सेस जर्मनी : राति १२ः४५ 

दक्षिण अफ्रिका भर्सेस पोर्चुगल : राति ८ः४५ 

घाना भर्सेस उरुग्वे :८ः४५ 

डिसेम्बर ३ : तीन खेल 

सर्बिया भर्सेस स्विजरल्यान्ड : राति १२ः४५ 

क्यामरोन भर्सेस ब्राजिल : राति १२ः४५ 

यस दिन अन्तिम १६ एक खेल हुनेछ । कतारमा हुने विश्वकपका खेलहरु हेर्न यो पटक नेपाली दर्शकहरुलाई सहज छ । प्राय खेलहरु दिउँसो र साँझको समयमा छन् । तर, बलियो मानिएका राष्ट्रहरुको खेलहरु भने राति १२ः४५ बाट नै सुरु हुनेछन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!