कतार विश्वकपको आधिकारिक पोस्टर सार्वजनिक

Posted on: 16 Jun, 2022

असार २, काठमाडौं | कतारमा आगामी नोभेम्बर २१ देखि सुरु हुने फिफा विश्वकप फुटबलको आधिकारिक पोस्टर सार्वजनिक भएको छ । फिफाले बुधबार कतारको दोहामा विश्वकपको पोस्टर सार्वजनिक गरेको हो ।

World Cup Qatar 2022 presents the official poster - 247 News Agency

हमाद अन्तराष्ट्रिय विमानस्थलमा एक कार्यक्रमका बीच बुथायना अल मुफ्ताहले पोस्टर सार्वजनिक गरेकी हुन् ।  मुफ्ताहले नै यो पोस्टर डिजाइन  गरेकी हुन्  ।  

कतार विश्वकपको उद्घाटन खेलमा आयोजक र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । नोभेम्बर २१ मा हुने उद्घाटन खेल अल बायत स्टेडियममा हुनेछ ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!