२०२६ को फिफा विश्वकप तीन देशले संयुक्त आयोजना गर्ने

Posted on: 17 Jun, 2022

असार ३, काठमाडौं | विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ को विश्वकप क्यानडा, अमेरिका र मेक्सिकोका १६ फरक सहरमा आयोजना हुने जनाएको छ ।

जुन ४८ टिमको सहभागिता हुने पहिलो विश्वकप हुनेछ  र तीन आयोजक देश प्रतियोगिताको लागि स्वतः छनोट हुने अनुमान गरिएको छ ।

विश्वकप २०२६: अमेरिका, मेक्सिको र क्यानडामा - BBC News नेपाली

विश्वकपका खेलहरु अमेरिकाका एटलान्टा, बोस्टन, डल्लास, ह्युस्टन, कान्सास सिटी, लस एन्जलस, मियामी, न्यु योर्क जर्सी, फिलागेलफिया, सान फ्रान्सिस्को र सेटल गरी ११ सहरहरूमा हुनेछन् ।

मेक्सिकोका गुआडलाजारा, मोन्टेरेरी र मोक्सिको सिटी गरी तीन सहरहरुमा विश्वकपका खेल हुनेछन् । क्यानडाका टोरोन्टो र भान्कोभर गरी दुई सहरहरुमा विश्वकपका खेलहरु हुने फिफाले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!