एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इंगल्याण्डले बनायो विश्व कीर्तिमान

Posted on: 18 Jun, 2022

असार ४, काठमाडौं | इङ्ग्ल्याण्ड र नेदरल्याण्ड्सबीच जारी एकदिवसीय श्रङ्खलामा हालसम्मकै उच्च स्कोर बनाएर इङ्ग्ल्याण्डले विश्व कीर्तिमान बनाएको छ।

५० ओभरको खेलमा पहिले ब्याटिङ गरेर इङ्ग्ल्याण्डले ४ विकेटको क्षतिमा ४९८ रन बनायो। यसअघि एकदिवसीयमा सर्वाधिक उच्च स्कोर ४८१ रनको थियो। यो पनि इङ्ग्ल्याण्डले नै अष्ट्रेलियाविरुद्ध सन् २०१८ मा बनाएको हो।

गए राति सम्पन्न खेलमा इङ्ग्ल्याण्डका तीन खेलाडीले शतक बनाए। उत्कृष्ट फर्ममा रहेका जस बट्लरले ७० बलमै १६२ रन बनाए। उनी नटआउट रहे।

यस्तै डविड मलानले १२५ र फिल सल्टले १२२ रन बनाए।

जवाफी ब्याटिङमा उत्रिएको नेदरल्याण्डस् ४९.४ ओभरमा २६६ रनमै समेटियो। खेल इङ्ग्ल्याण्डले २३२ रनले जित्यो। 




यस बिषयमा तपाइको प्रतिक्रिया...!