पाैडीमा डुआना लामाको राष्ट्रिय कीर्तिमान

Posted on: 19 Jun, 2022

असार ५, काठमाडौं | नेपाली युवा पौडीबाज डुआना लामाले ब्रेस्टस्ट्रोकमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । 

हंगेरीको बुडापेष्टमा जारी १९औं फिना विश्व च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरिरहेकी डुआनाले १०० मिटर ब्रेष्टस्ट्रोकमा राष्ट्रिय कीर्तिमान कायम गरेको नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले जानकारी दिए । 

डुवानाले निर्धारित दूरी १ मिनेट १७.५८ सेकेण्डमा पुरा गर्दै यसअघिको ब्रेष्टस्ट्रोकको १ मिनेट १७.५८ सेकेण्डको कीर्तिमान भङ्ग गरिन् ।  

प्रतियोगितामा नेपालबाट महिलातर्फ डुआना र पुरुषतर्फ नासिर हुसैन सहभागी छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!